प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुको कारणबारे नेकपा सचिवालयको बैठकमा यसो भने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अकस्मात बसेको केन्द्रीय सचिवालयको बैठक सकिएको छ । साँझ ६ बजेबाट सुरू भएकाे बैठकमा अध्यादेशका बारेमा गम्भीरता पूर्वक छलफल भएकाे बताइएकाे छ ।

अध्यादेश विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका थाती रहेको र यस बिषयलाई ठूलो रुपमा नलिन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेको बैठक पश्चात पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई बताएका थिए ।

उनले बैठकमा सरकारलाई सफल बनाउने र कोरोना भाइरस विरुद्ध लड्न सिंगो राष्ट्र एकजुट भएर लड्न जरुरी रहेको आवश्यकतामा बैठकले जोड दिएको बताए । बैठकमा पार्टी एकतालार्इ मजबुत गर्ने कुरामा पनि छलफल भएकाे उनकाे तर्क थियाे । बैठकमा विभिन्न काेणबाट छलफल भएकाे भन्दै प्रवक्ता श्रेष्ठले अपुष्ठ कुरा गरेका थिए । उनले बैठकमा सबै सचिवालयका सदस्यहरूले गम्भीरता पूर्वक अध्यादेशका बारेमा धारणा राखेकाे बताएपनि के भने भन्ने बारेमा भने कुनै जानकारी दिएनन् ।

बैठक पश्चात प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्याे । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड”काे संयुक्त अध्यक्षतामा बसेकाे बैठकमा अाज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूकाे बारेमा छलफल भयाे ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुकाे आैचित्यबारे बैठकलाई जानकारी गराउनुभयाे । तत्पश्चात् अरू कमरेडहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा अाअाफ्नाे धारणा राख्नुभयाे ।

छलफलकै बीचमा राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भएकाे सूचना प्राप्त भयाे । बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा काेराेना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने अावश्यकतामा विशेष जाेड दिएकाे छ ।

नारायणकाजी श्रेष्ठ 
प्रवक्ता
८ बैशाख २०७७

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar