युरोपको सेक्स मार्केट’मा के हुदै छ?कोरोना भाइरसको महामारीले:

एजेन्सी । युरोप नाइटलाइफ मार्केटका हिसाबले संसारकै अग्रणी क्षेत्र हो । हरेक देशमा रेडलाइट एरिया छन्, जहाँ हजारौँ सेक्स वर्करले काम गरिरहेका छन् । तर कोरोना भाइरसको महामारीले मार्च महिनादेखि नाइटलाइफका धेरै व्यवसायले संकटको सामना गर्नु परेको छ ।

नेदरल्याण्डको राजधानी आमस्ट्रडम संसारकै ठूलो सेक्स मार्केटको रुपमा चिनिने गरिन्छ । जहाँ हजारौँले आफ्नो जीविका धान्नका लागि रेडलाइट एरिया क्षेत्रको बिजनेस गरेका हुन्छन्।

डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, बेल्जियम, जर्मनी, स्वीट्जरल्याण्ड, स्पेन, इटलीलगायतका धेरै देशमा ससाना भए पनि रेडलाइट एरिया छन्, जहाँ यौन पर्यटनको रुपमा विभिन्न व्यवसाय हुने गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि यी व्यवसायमा निर्भर जनशक्तिमा समस्या आएको छ । केही ठाउँमा आंशिकरुपमा व्यवसाय चलिरहेका छन् भने केही ठाउँमा पूर्णरुपमा नाइटलाइफ मार्केट बन्द गरिएको छ।

नेदरल्याण्डस्को राजधानीमा रहेको संसारकै ठूलो रेडलाइट एरियामा कार्यरत सयौँ सेक्सवर्करका लागि भने त्यहाँको नगर प्रशासनले विशेष प्याकेजको व्यवस्था गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीयको आम्दानीको मुख्य स्रोत र सरकारका लागि कर संकलनको महत्वपूर्ण माध्यम भएकाले त्यहाँको नगरले सेक्सवर्करका लागि विशेष प्याकेजमा सहयोग गरेको छ । तर अन्य देशका नाइटमार्केटमा काम गर्नेहरु भने पेसाबाटै पलायन हुने अवस्थामा रहेका छन् ।

केही ठाउँमा कार्यरतहरुले होम सर्भिसको रुपमा व्यवसाय अपनाउन थालेका छन् । केही देशको रेडलाइट एरियामा कार्यरतको स्वास्थ्य बिमा, सुरक्षा बिमा, आर्थिक बिमालगायतका विभिन्न सुविधाको व्यवस्था गरिएको हुन्छ । 

युरोपका विभिन्न देशमा ५० हजारले रेडलाइट एरियामा काम गर्ने गरेको अनुमान गरिएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar