गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’को कडा निर्देशन लकडाउनलाइ कार्यन्वयन गर्नु, प्रदेशसँग समन्वय गर्नु!


काठमाडौं – गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’ले नवनियुक्त डिआईजीहरुलाई प्रदेश सरकारसंग समन्वय गरेर काम गर्न कडा निर्देशन दिएका छन् । गृहमन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा डिआईजी नियुक्त भएकोमा बधाई तथा शुभकामना दिंदै मन्त्री थापाले राज्यले विश्वास गरेर बढुवा र जिम्मेवारी प्रदान गरेको भन्दै इमान्दारीतापूर्वक काम गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’ले अहिले सिंगो देश कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईमा रहेको भन्दै सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अग्रमोर्चामा रहेर काम गरिरहेकाले पनि सरकारले अपनाएको रणनिती सफल भए लडाई जितिने बताए ।

उनले लकडाउन र सामाजिक दुरीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन् । मन्त्री थापाले सिमानाको कडाईमा विशेष ध्यान दिन र जनतालाई समस्या परे आफै समाधानका लागी पुग्न पनि निर्देशन दिए ।

गृहमन्त्री रामवहादुर थापामगर ‘वादल’ले कडा निर्देशन दिंदै भने ‘सवै प्रदशेका आ आफ्ना विशेषता छन्, त्यसलाई मनन् गर्दै काम गर्नुहोस् । प्रदेश सरकारसंग पनि राम्रो समन्वय गर्नुहोला ।’

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar