कोरोना महामारी विरुद्ध लड्नुपर्ने बेलामा आएको अध्यदेश आवश्यकताहिन ,अव्यवहारिक : झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको निणर्य अनुसार सरकार नचलेको आरोप लगाएका छन्। मगरात नेपाल डटकमसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले राजनीतिक दल सम्बन्धि अहिलेको कानुन संशोधनका लागि सरकारले ल्याएको अध्यादेश आवश्यकताहिन र अव्यवहारिक भएको बताए।

नेकपा वरिष्ठ नेता खनालले भने, ‘यो अध्यादेशको आवश्यकता थिएन । त्यही भएकाले विरोध भएको हो ।’ उनले कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेलामा अव्यवहारिक तरिकाले अध्यादेश आएको बताए । उनले भने, ‘त्यहीँ भएकाले सचिवालय बैठकमा पनि विरोध भएको थियो ।’

खनालले अध्यदेश आएपछि नेकपा फुट्ने हल्ला चलेको भन्दै भने, ‘नेकपा फुटाउन धेरै नै पापड पेल्नु पर्छ । नेकपा फुट्दैन ।’ उनी भन्छन्, ‘सरकारले कुनै पनि निर्णयहरु पार्टीमा सल्लाह गरेर ल्याउनु पर्नेमा त्यसो हुन सकेको छैन । पार्टीको निर्देशन अनुसार सरकारले काम गरेन । अहिले त्यो खालको समय पनि होइन ।’

देश र जनताको पक्षमा काम गर्नुपर्ने, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नुपर्ने समयमा पार्टीभित्र देखिएको विवाद राम्रो नभएको खनालको तर्क छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar