लकडाउन उल्लंघन गर्ने ज्ञानेन्द्र शाही ललितपुरवाट पक्राउ


काठमाडौं ।  ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ परेको छ । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो ।

लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।

लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ज्ञानेन्द्र शाहीलाई के हुन्छ कारवाही ?
पक्राउ परेका शाहीलाई तत्काल लकडाउन उल्लंघनको आरोप छ । तर, उनलाई प्रहरीले संक्रमण ऐन, २०२० लगाउने तयारी गरेको स्रोतको भनाइ ।

शाहीको भिडियो सन्देशपछि सिडियो पाण्डेलाई फोन, मेसेजमार्फत धम्की दिनेबारे पनि प्रहरीले अनुसन्धान थालेको छ।

देशका विभिन्न स्थानबाट धम्की दिनेबारे नेपाल प्रहरीको साइबर व्यूरोको समन्वयमा अनुसन्धान प्रक्रिया अघि बढाउने ललितपुर प्रहरीले तयारी थालेको अनुसन्धान अधिकृतले बताए ।

विदेशबाट धम्की दिनेहरुबारे इन्टरपोलमार्फत उनीहरुलाई पक्राउ गर्नेबारे प्रक्रिया अघि बढाउने तयारीमा प्रहरी छ ।

शाही यसअघि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौजमा उत्रिएका थिए । उनलाई ललितपुर प्रहरीले नै यसअघि पनि पक्राउ गरेको थियो ।

शाहीको साथमा शक्तिराज शाही पनि पक्राउ परेका छन् । शक्तिराज ज्ञानेन्द्रका घरपेटी हुन् । उनी ज्ञानेन्द्रका चालक समेत रहेको प्रहरीले जनाएको छ । शक्तिराज चितवनमा कुटिएका समेत थिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar