सरकारलाइ नेकपा नेता तथा सांसद प्रभु साहको १२ सुझाव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई १२ सुझाव दिएका छन् ।सरकारको ध्यानाकर्षण गराउँदै नेता साहले कोरोना नियन्त्रण तथा रोकथामका लागि १२ सुझाव दिएका हुन् ।

रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेकाहरु नेपाल फर्कन चाहेमा उनीहरुलाई सुरक्षित र व्यवस्थित रुपमा सुविधा सम्पन्न क्वारेन्टाइनमा राख्नका लागि व्यवस्था गर्न पहिलो सुझाव छ ।

त्यस्तै, संक्रमितको समयमै पहिचान गर्नका लागि परीक्षणको दायरा बढाउन जिल्ला जिल्लामा पीसीआर प्रविधि सहितको प्रयोगशालाको व्यवस्था गर्नुपर्ने भन्दै उनले कोरोना विशेष अस्पतालहरु बनाउनुपर्ने सुझाव छ ।

कोरोन संक्रमण रोकथाम एवं नियंत्रणको लागि नेपाल सरकारलाई मा. प्रभु साहको विशेष ध्यानाकर्षण पत्रः

१. रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेका र अहिले स्वदेश (नेपाल) फर्कन ईच्छुक नेपाली नागरिकहरुका लागि आवश्यक संख्यामा सुरक्षित एवं व्यवस्थित सुविधासम्पन्न क्वारेन्टाईनहरु तत्काल (युद्ध स्तरमा) निर्माण गरी वहाँहरुको उद्धारको पूर्ण तयारी गर्ने ।

२. समयमैं संक्रमित पहिचानका लागि परिक्षणको दायरा बढाउन प्रत्येक जिल्ला–जिल्लामा पीसीआर प्रविधि सहितको कोराना परिक्षणशाला निर्माण गर्नुपर्ने ।

३. अन्य जेनरल बिरामी उपचारका लागि बनाइएको पुरानो संरचनाका अस्पतालहरुमा सहज एवं सुरक्षित ढंगबाट कोभीड १९ को उपचार सम्भव नदेखिएकोले तत्काल आवश्यक संरचना सहितको सुविधासम्पन्न कोराना विशेष अस्पतालहरु निर्माण गर्नुपर्ने ।

४. स्थानीय तहहरुले हतारमा बनाएको कोरेनटाईनहरुमा सरसफाई, खानपान, स्वास्थ्य सुरक्षा, आवश्यक भौतिक संरचना अभाव लगायतका विभिन्न समस्याहरु देखापरेकोले समस्याहरुको निराकरण गर्न तत्काल यसलाई थप व्यवस्थित, सुविधासंपन्न एवं सुरक्षित बनाउने गरी स्तरोन्तीको कार्यमा जोड दिनुपर्ने ।

५. कोरेनटाईन, अस्पताल, हाट बजार लगायतका सार्वजनिक स्थलहरुलाई निरन्तर सरसफाई तथा सेनिटेशन (सेनिटाइज) गरी राख्नुपर्ने ।

६. जनजीविका र हाम्रो अर्थव्यवस्थाको प्रमुख आधार कृषि लगायतका उत्पादन पेशामा संलग्न किसानका मूलभूत समस्याहरूलाई मध्यनजर गर्दै विउविजन, मलखाध तथा दानाको उचित प्रबन्ध सहित सहज एवं सुलभ उपलब्धताको ग्यारेन्टी गर्नुपर्ने ।

७. अहिलेको धमिलो पानीमा माछा मार्न खोज्ने केहि संवेदनहीन दलाल व्यापारी, भ्रष्ट कर्मचारी तथा नैतिकता विहीन जनप्रतिनिधिहरु कृतिम अभाव, मूल्यवृद्धि, मिसावट, म्याद गुज्रेको तथा गुणस्तरहीन बस्तुमा कालोबजारी तथा पिसी(कमीशनको खेलमा सक्रिय रहेको देखिएकोले समयमैं यस समस्याको निगरानी, नियन्त्रण तथा निवारणका लागी अधिकारसम्पन्न संयन्त्रलाई शशक्त रुपमा परिचालित गर्नुपर्ने ।

८. फिल्डमा खटिरहेका केहि स्वास्थ्यकर्मिहरु समेत कोराना भाईरसको बारेमा पुरै अनभिज्ञ रहेकोले वहाँहरुलाई भिडियो कल कन्फ्रेन्स मार्फत भएपनि तत्काल आधरभूत तालिम दिनुपर्ने ।

९. बाहिरबाट आउनेहरुलाई थर्मो(गनले तापक्रम मापन गरेर घर पठाउने काम पनि धेरै ठाउँमा भईरहेको देखिएकोले यसलाई तत्काल रोक्नुपर्ने र बाहिरबाट आउने जो कोहीलाई अनिवार्य कोरेनटाईनमा राख्नुपर्ने र चेकजाँचको रिपोर्ट पछि मात्रै घर पठाऊने ।

१०. नेपाल(भारत सिमामा सुरक्षाकर्मिहरुको शशक्त उपस्थिति र कडाई रहेता पनि लुकीछीपी आउने(जानेक्रम नरोकिएकोले यसमा विशेष ध्यान दिनुपर्ने ।

११. लकडाउनको मौका छोपी वन(जंगल फडानी एवं काठ तस्करी तथा नदीबाट बालुवा(गिट्टीको अनियन्त्रित चोरी निकासी भईरहेकोले तत्काल रोक्नुपर्ने ।

१२. बर्खासंगै हुने प्राकृतिक जोखिमहरुलाई ध्यानमा राखी आवश्यक बाँध(तटबन्ध तथा नदी नियन्त्रणका कार्यहरु, रणनैतिक महत्वका सडकहरु सुचारू राखी राख्न पुल कल्भर्ट लगायतका आवश्यक पुर्वधार निर्माण कार्य अगाडि बढाउनुपर्ने आदि।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar