नेकपाको स्थायी समिति बैठक माग गर्दै २० सदस्यले पठाए अध्यक्षद्वयलाई पत्र


काठमाण्डौं: त्तारुढ नेकपाका २० जना स्थायी समिति सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरेका छन्।स्थायी समितिका २० सदस्यले पार्टी बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई पत्र पठाएको स्थायी समिति सदस्य बेदुराम भुषालले सेतोपाटीलाई बताए।

‘हामीले स्थायी समिति बैठक बोलाउन माग गरेका छौं। अहिलेको परिस्थितिमा बैठक बोलाउन जरुरी भएको छ,’ भुषालले भने, ‘दुवै अध्यक्षलाई विधानअनुसार बैठक बोलाउन माग गर्दै पत्र इमेल गरेका छौं।’स्थायी समितिको माग गर्नेहरूमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुषाल, बेदुराम भुषाल, भिमप्रसाद आचार्य, भीम रावल, मणि थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलमणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेल छन्।

विधानअनुसार स्थायी कमिटी बैठक तीन महिनामा बस्ने भए पनि अहिलेसम्म नबोलाइएकाले बैठक माग गरिएको भुषालले बताए।पत्रमा सरकारद्वारा जारी अध्यादेशबारे छलफल गर्न जरुरी रहेको पनि उल्लेख गरिएको उनले बताए।

यसअघि आधा दर्जनभन्दा बढी स्थायी समिति सदस्यहरूले बैठक बोलाउन ढिला गर्न नहुने धारणा राखेका थिए।सरकारले गरेको निर्णय अनावश्यक र अलोकतान्त्रिक भएकाले पार्टीमा छलफल गर्न बैठक बोलाउन जरुरी रहेको उनीहरूको भनाइ थियो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar