नेपालको राष्ट्रीय स्वाधिनता र स्वतन्त्रताका लागि देशले मागेको खण्डमा हामीहरु अग्रमोर्चामा लड्न तयार छौं,देशको माटो कसैलाइ दिनसक्दैनौं:नेपाल मगर संघ


काठमाण्डौं: भारतले नेपाली भूमी मिचेर बाटो बनाएकोप्रति आपत्ति जनाउँदै नेपाल मगर संघ केन्द्रिय समितीले यो समस्याको समाधान तत्काल वार्ता र संवादको माध्यमबाट गर्न नेपालर सरकारको ध्यानाकर्षण गराएको छ ।नेपाल मगर संघ केन्द्रिय समितीले हाम्रो मातृभूमीलाई आफ्नो ठानेर भौतिक संरचना बनाउनु भारतको गम्भिर गल्ती भन्दै भारतको त्यस्तै रवैया रहेमा अग्रमोर्चामा रहेर लडाइँ लड्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ,सन् १८१६ मा नेपाल सरकार र ईष्ट इण्डिया कम्पनी (तत्कालिन भारत सरकार) बीचमा भएको सम्झौता (सुगौली सन्धी) बमोजिम नेपालको पश्चिम सीमाना महाकाली नदी भएता पनि भारतद्वारा बारम्बार महाकाली नदी पूर्वतिरको भू-भागहरु : लिपुलेक, लिम्पियाधु्रा र कुटियाङदी लगायतका नेपालको भूमीलाई भारतले आफ्नो राजनैतिक नक्शा भित्र राखेर प्रकाशन गर्दै आईरहेको छ । भारतले १९ किलोमिटर नेपाली भूमि (दार्चुलाको लिपुलेक) हुँदै तिब्बतको मानसरोवर सम्मको सडक निर्माण गरि ८ मे २०२० का दिन उट्घाटन रहेकोमा नेपाल मगर सघ केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएकोछ ।
अध्यक्ष नबिन रोकामगर र  महासचिव ज्ञानेन्द्र पुन मगरद्धारा जारी संयुक्त विज्ञप्ति मार्फत यस्तो चेतावनी दिइएको हो । विज्ञप्तिमा भारतको त्यस्तो विस्तारवादी र हैकमवादी रवैयाको कुनैपनि हालतमा सहन नसकिने भन्दै नेपालले तत्काल यो समस्याको समाधानमा पहल लिनुपर्ने र सबैले त्यसमा सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

विज्ञप्तिमा भारतको सो हरकतको तिब्र निन्दा गर्दै सुगौली सन्धीमा नै नेपाल र भारतको पश्चिमको सिमा महाकाली नदीलाई मानिएको र त्यसयताका लिम्पियाधुरा, गुञ्जी, कुटी, लिपुलेक तथा कालापानी नेपालकै भूभाग भएको भन्दै ती भूभाग कुनैपनि हालतमा गुम्न नदिने दावी गरिएको छ । ती भूभागहरु समेटेर भारतले नक्सा जारी गर्नु निन्दीय कार्य भएको भन्दै नेपालसित जिम्मेवार छिमेकी राष्ट्रको व्यवहार गर्न भारतलाई सुझाव दिइएको छ ।

नेपाल मगर संघ केन्द्रिय समितीको प्रेस बिज्ञप्ति यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar