खुसीको खबर ! कतारको जेलमा रहेका १७ नेपालीले पाए आममाफी


कतार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन्।
सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् ।

रिहा हुनेहरुमा १३ जना लागू औषध कोरोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।

हेर्नुहोस् दूतावासले सार्वजनिक गरेको सूचना

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar