स्थायी समिती र केन्द्रिय समितीको बैठक बोलाउन ओलीसँग प्रचण्डको माग


काठमाडौ । अध्यादेश फिर्ता लिएपछिको राजनीतिक घटनाक्रमलाई सफल अवतरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय नेताहरुसँग भेटघाट तिब्र पारेका छन ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका प्रधानमन्त्री ओलीले शुक्रबार नै रातीसम्म नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन ।

भेटमा अध्यादेश फिर्ता लिएको अवस्थामा पार्टीभित्रका अरु पनि गुनासा सुन्न र सबैसँग सल्लाह गरेर मात्रै अघि बढ्ने वातावरण बनाउन स्थायी समिति र केन्द्रिय समिति बैठक बोलाउने सल्लाह भएको नेताहरुले बताएका छन ।

यसअघि केही नेताले स्थायी समिति र केन्द्रिय समिति बोलाउन माग गरेका थिए । बिहीबार भैसेपाटीमा भएको अध्यक्ष प्रचण्डसहितका सचिवालय नेताहरुको भेलाले पनि अध्यादेश फिर्ता लिएर स्थायी समिति तथा केन्द्रिय समिति बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

अध्यक्ष प्रचण्डसँग छलफल गरेर मात्रै सचिवालयका नेताहरुसँग छलफल गर्ने र पार्टीमा छलफल गरेर मात्रै सरकारले अब निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताएको पनि जनाइएको छ ।

अध्यादेश फिर्ता लिएपछि ओलीको आलोचना केही रोकिएपनि यसले पार्टीको बदनाम भएको भन्दै शीर्ष नेताहरुले गम्भिर छलफल र समीक्षा गर्नुपर्ने बताएका छन ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar