विश्वभर कोरोना भारसको संक्रमनबाट मृत्यु हुनेको सख्या २लाख नाघ्यो


एजेन्सी । विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेहरुको संख्या २ लाख नाघेको छ । शनिबार साँझसम्मको रिपोर्ट अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २ लाख ७ सय ९० पुगेको हो । त्यस्तै विश्वभर संक्रमित हुनेहरुको संख्या २८ लाख ७४ हजार २२ पुगेको वल्ड्रोमिटरले जनाएको छ । 

शनिबार बेलायतमा मृत्यु हुनेहरुको संख्या २० हजार नाघेको छ भने अमेरिकामा ५२ हजार ९ सय १४ पुगेको छ । त्यस्तै, इटालीमा २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ भने स्पेनमा २२ हजार ९ सय २ जनाको मृत्यु भएको छ । 

अमेरिकामा संक्रमित हुनेहरुको संख्या ९ लाख ३० हजार ९ सय ९१ पुगेको छ भने इटालीमा १ लाख ९५ हजार ३ सय ५१ पुगेको छ । त्यस्तै स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जना संक्रमित भएका छन् भने बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जना संक्रमित भएका छन्। 
ता, जर्मनीमा मर्नेको संख्या ५ हजार ८ सय ५ जना पुगेको छ भने संक्रमित हुनेहरुको संख्या १ लाख ५५ हजार ४ सय १८ पुगेको छ । बेल्जियममा मृत्यु हुनेको संख्या ६ हजार ९ सय १७ पुगेको छ भने संक्रमितहरुको संख्या ४५ हजार ३ सय २५ पुगेको छ ।
 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar