कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या २,०७,००० पुग्यो

काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ७ हजार पुगेको छ । संक्रमण बढेर २९ लाख ९५ हजार ५६ पुगेको छ भने ८ लाख ७८ हजार ९ सय ९७ जना उपचारपछि घर फर्किएका छन् । ५७ हजार ६ सय ३ जनाको अवस्था भने गम्भीर छ ।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै अमेरिकी छन् । अमेरिकामा अलिहेसम्म ५५ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । इटलीमा २७ हजार ६ सय ४४, स्पेनमा २३ हजार १ सय ९०, फ्रान्समा २२ हजार ८ सय ५६, बेलायतमा २० हजार ७ सय ३२ र बेल्जियममा ७ हजार ९४ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar