दिलु आले र माया मगर बनिन प्रथम भाषिक टिकटक प्रतियोगिता २०७७ का बिजेता


काठमाण्डौं: सामाजिक सञ्जाल फेसबुकमा निकै लोकप्रिय बनेको मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुप पेजले आयोजना गरेको भाषिक टिकटक प्रतियोगिता २०७७ मा पुरूष तर्फ ओखलढुंगा हाल मलेशिया कार्यरत दिलु मल्ल आले मगर र महिला तर्फ नवलपुर जिल्ला बसन्तपुरकी माया मगरले प्रथम स्थान हासिल गर्न सफल हुनुभयको छ।जसमा मगर भाषा,भेषभूषा, कला,संस्कृतिलाई संरक्षण गरौ। भन्ने मुल नाराका साथ बैशाख १३ गते देखी मगर भाषिक Tiktok गेममा कसरी सहभागि भइ विजेता हुनुभएको मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुपको एडमिन एबम् संस्थापक/खेल संयोजक :-अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया) मगरात नेपाल डटमकलाइ जानकारी दिनुभएको छ। ओखलढुंगाका दिलू ले 4165 मत र मायाले 3851 मत प्राप्त गरेको थियो।
त्यसै गरी पुरूष तर्फ रूपन्देही,देवदह-४ भावनीपुर हाल इण्डिया कार्यरत एरिक थापा मगर 2885 मत सहित दोस्रो स्थान र महिला तर्फ भने नवलपुर, कावासोती-१,कोइलापानी की मीना सोती मगरले 3590 मत प्राप्त गरेको थियो।
त्यसै गरि तेस्रो भने पुरुष तर्फ स्याङजा हाल मलेशिया कार्यरत कमल सोमैमगर 2665 मत र लेडीजमा स्याङ्जा विरूवा-८ की मनु थापा मगर 3438 मत प्राप्त गरेकि थिइन ।
त्यसै गरित top 4 मा भने पुरुष तर्फ रामेछाप हाल बहराईन कार्यरत प्रकाश मगर 2441 मत लेडीजमा तनहु ,दमौली बसाई रिसिङ-1 बस्नुहुने सृजना आले मगर 3429 मत प्राप्त गरेकि थिइन।
Top 5 मा भने पुरूष तर्फ स्याङजा हरिनास हाल ktm बस्नुहुने रमेश बाबू थापा मगर 2185 मत र लेडीजमा म्याग्दी हाल कोरिया कार्यरत आशा पुर्जा मगर 3092 मत प्राप्त गरेकि थिइन।
बिस्व भरीका मगर हरूको सहभागिता रहेको उक्त प्रतियोगितामा टोटल 129 जनाको सहभगी रहेको उक्त खेलमा 12 बर्ष माथिका मगर /मगरनी मात्र सहभागि हुन पाउने गरि खेलाइयको र भोटिंग समय 2 दिन राखि पोस्टमा आयको like को आधारमा नतीजा सार्बजनिक गरेको खेल संयोजक अनिल लामिछाने मगर ले बताउनु भयको छ।
खेल सम्पन्न गर्न पुरस्कार सौजन्य भने मिगिन थापा मगर प्रथम पुरस्कार( पोखरा),मेक थापा मगर प्रथम पुरस्कार(पाल्पा),गगन घर्ती मगर दोस्रो पुरस्कार(रोल्पा) र टपिक लुंगेली मगर दोस्रो पुरस्कार( बाके) बाट हामिलाई सहयोग गरेको थियो।
मगर संसार(magar sansar)फोटो ग्यालरी ग्रुप पेजले आयोजना गरेको भाषिक टिकटक प्रतियोगिता २०७७ मा विजेताहरुको फोटोफिचर







WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar