विश्वमा कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या २२९,१८२ पुग्यो।

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २९ हजार १ सय ८२ पुगेको छ । संक्रमितको संख्या बढेर ३२ लाख ४४ हजार ५ सय ८६ पुगेको छ भने १० लाख १६ हजार ४ सय १९ जना उपचारपछि घर फर्किएका छन् । ५४ हजार ९ सय १६ जनाको अवस्था गम्भीर छ ।

आज अहिलेसम्म १ हजार १ सय ५२ जनाको मृत्यु भएको छ । आज अहिलेसम्म अमेरिकामा २४, स्पेनमा २ सय ६८, रसियामा १ सय १, इरानमा ७१, ब्राजिलमा २, बेल्जियममा ९३ र नेदरल्याण्ड्समा ८४ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar