महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष तारामाया थापा मगरको नेत्रित्वको टिमले राहत कोषमा १५ हजार सहयोग


कास्की: पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ ।
कोषमा आज महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीले महानगरको राहत कोषमा १५ हजार १ सय रुपैयाँ सहयोग गरेको छ।नेपाल मगर संघ प्रदेश समिती प्र.न. ४ तमुवान मगरातको उपाध्यक्ष एबम् महिला मानव अधिकार रक्षक संजाल कास्कीको अध्यक्ष तारामाया थापा मगर जुजारु युवानेत्री हुन ।सञ्जालका अध्यक्ष तारामाया थापा मगरको नेतृत्वमा गएकोे टोलीले महानगर प्रमुख जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा सञ्जालका उपाध्यक्ष इन्दिरा शर्मा, सचिव केशु भुजेल, कोषाध्यक्ष विनाकुमारी पुन मगर लगायतको सहभागिता रहेको थियो ।
सहयोग रकम प्रदान गर्दै महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष तारामाया थापा मगरले लकडाउनको समयमा विशेष गरि सुत्केरी, गर्भवती तथा मजदुर महिला एवम् निरन्तर स्वास्थ्य परिक्षण गराई रहनुपर्ने र औषधी सेवन गरि रहनुपर्ने व्यक्तिहरुलाई गाह्रो नहोस र थोरै भएपनि उनीहरुको पोषण युक्त खानामा सहयोग पुगोस् भन्ने हेतुले आफूहरुले नेपाल सरकारको कदम र खास गरि पोखरा महानगरपालिकाको काममा थोरै भए पनि साथ दिएको बताउनु भयो ।
रकम बुझ्दै पोखरा महानगर प्रमुख मानबहादुर जिसीले विपद्का बेला सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गदै कोरोना भाइरससँगको लडाईंमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार हालसम्म राहत कोषमा जम्मा भएको रकम मध्ये ३ करोड १५ लाखको राहत वितरण गरिएको छ ।
सहयाग गर्न चहानेले पोखरा महानगरपालिकाको प्रकोप व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२००३०७०२०००२ मा रकम जम्मा गर्न सकिने छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar