नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसग चिनिया राजदुको भेटवार्ता : दुवै देशविचको सहयोग आदान प्रदान घनिष्ट सम्वन्ध


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालसँग चिनियाँ राजदूतले भेटवार्ता गरेकी छन् । सत्तारुढ दल नेकपाभित्र विवाद भएको समयमा चिनियाँ राजदूतको सक्रियतालाई अर्थपूर्णरुपमा लिइएको छ ।

शुक्रबार चिनियाँ राजदूत होउ यान्छीले पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालसँग उनीहरुकै निवास पुगेर भेटवार्ता गरेकी हुन् । प्रचण्डसँगको भेटवार्तामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका विषयमा छलफल भएको थियो ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले चीनले गरेको सहयोगमा अध्यक्ष प्रचण्डले धन्यवाद व्यक्त गरेको र अगामी दिनमा पनि नेपाल र चीनबीच तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको सहयोग आदानप्रदान भइरहने विश्वास व्यक्त गरेका थिए ।

राजदूत यान्छीले पनि नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । प्रचण्डसँगको भेटपछि उनले पूर्वप्रधानमन्त्री नेपालसँग उनकै निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरिन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar