उर्जा मन्त्री अनन्त द्धारा मगरातको ऐतिहासिक भुमी रोल्पा घटना प्रती दुख व्यक्त


काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन मगर’अनन्त’ले बिहीबार मगरातको ऐतिहासिक भुमी रोल्पा स्थित त्रिवेणी गाउँपालिकामा बम विस्फोट र त्यसबाट भएको मानवीय क्षति प्रति दुःख व्यक्त
गरेका छन्। त्यस घटना प्रति छानबिन गर्न पनि सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।

उनले घटनाबाट आफू मर्माहत भएको भन्दै विस्फोटमा ज्यान गुमाएकाका शोकाकुल परिवारमा समेवदना प्रकट गरेका छन् ।मन्त्री पुनले ‘यो दुःखद घटनाबाट आफ्ना परिवारका प्रिय सदस्य गुमाउनुपर्दा मर्माहन हुनुभएका शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु’, पुनले विज्ञप्तिमा भनेका छन्.।

उनले विज्ञप्तिमा घटनाबारे सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले गम्भीर छानबिन गरिरहेको जानकारी प्राप्त भएको र आफूले समेत समन्वय गरिरहेको उल्लेख गरेका छन्।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar