मजदुरहरुको आधारभुत हकहित र सुविधाको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मजदुरहरुको आधारभुत हकहित र सुविधाको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध  रहेको बताएका छन् । शुक्रबार मे अर्थात अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्चालमार्फत १ मे अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना दिएका छन् ।

पछिल्लोसमय विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणका कारण मजदुरहरु अत्याधिक मर्कामा परेका बतउँदै  उनले यसबाट उनिहरुलाई पर्ने प्रभावलाई सक्दो न्युनिकरण गर्न सरकार प्रयत्नशिल रहेको बताएका छन् ।

यसै क्रममा सरकारले मजदुर केन्द्रित रहेर विशेष कार्यक्रम ल्याईरहेको जानकारी समेत दिएका छन् । कोरोना विरुद्धको लडाइँमा विजयप्राप्त गर्दै अघि बढ्नुनै सबैको एकमात्रै लक्ष्य बताएका उनले मजदुर लगायत सबै वर्ग र क्षेत्रबाट आवश्यक भूमिका निर्वाह गर्न समेत आग्रह गरेका छन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar