मजदुरहरुलाइ बाँच्न पुग्ने राहत नगदमा उपलब्ध गराऊ: नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य‘किरण


काठमाडौं । आज १३१ औं मई दिवस । मई दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले एक महत्वपूर्ण वक्तव्य जारी गरेको छ । वक्तव्यमा कोरोना भाइरसको महामारीका कारण दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्ग नराम्ररी प्रताडित भएको भन्दै लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन जोडदार माग गरिएको छ ।

पार्टी महासचिव मोहन वैद्य‘किरण’ले जारी गरेको वक्तव्यमा भनिएको छ, “लकडाउन अवधिभरका लागि सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने मजदुरहरुलाई पुरा तलव र स्वरोजगार मजदुर, अशक्त तथा अति विपन्न परिवारलाई बाँच्न पुग्ने राहत नगदमा उपलव्ध गराउन हाम्रो पार्टी सरकार समक्ष जोडदार माग गर्दछ ।”
वक्तव्यमा भनिएको छ, “यस वर्षको मई दिवसका बेला सम्पूर्ण मानव जाति नै कारोना जन्य महामारी कोभिड–१९को प्रकोपले पीडित छ । यस पटक पहिले जस्तै हजारौंको सङ्ख्यामा सडकमा पोखिएर मई दिवश मनाउन सकिंने अवस्था छैन । यस स्थितिमा आआफ्नो ठाउँको विशिष्ट अवस्थालाई ख्याल गरेर मई दिवशले स्थापित गरेको क्रान्तिकारी सन्देशलाई आम उत्पीडित जनतासम्म पु¥याउन हामी श्रमजीवि वर्गमा विशेष अनुरोध गर्दछौं । साथै लकडाउनका कारण श्रमजीवि वर्गको जिउने समस्या निकै गंभीर बनेको छ ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar