उत्तर र दक्षिण कोरियाको सिमाको बिचमा गोलि हानाहान


एजेन्सीसउल:उत्तर र दक्षिण कोरियाको सीमामा आइतबार बिहान गोली हानाहान भएको छ।

दक्षिण कोरियाले स्थानीय समयअनुसार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको दाबी गरेको छ। जवाफ दक्षिणले पनि गोली हानेको छ। गोली हानाहानमा कोही घाइते भने भएका छैनन।

उत्तर कोरियाली नेता किम जोङ उन झन्डै तीन सातापछि सार्वजनिक भएको अर्को दिन उत्तरले दक्षिण कोरियातर्फ गोली हानेको हो।
पछिल्लो समय उत्तर-दक्षिण कोरियाबीच तनावको वातावरण केही मत्थर भएको थियो।

राष्ट्रपति मुन जाइ इन आफैं सीमावर्ती गाउँमा पुगेर उत्तर कोरियाली नेता उनसँग भेटवार्ता गरेका थिए।
उत्तरले आइतबार किन दक्षिणतर्फ गोली हान्यो भन्ने खुलिसकेको छैन।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar