नेपालको संक्रमितको संख्या ६९ पुग्यो, नेपालगञ्जमा १० जना कोरोना पुष्टी


काठमाडौं, २१ वैशाख । नेपालमा कोरोना भाइरसका नयाँ १० संक्रमितहरु ६ पुरुष र ४ महिला छन् । उनीहरु सबै भारतसँग सीमा जोडिएका जिल्लाहरु पर्सा र बाँकेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु ७ देखि ५८ वर्षका छन् ।  संक्रमितमध्ये पर्सा जिल्लाका ३६ वर्षीय पुरुष छन् ।
बाँके जिल्ला नेपालगञ्जका ९ जना संक्रमितहरु मदरसाका विद्यार्थी देखि जमातीको सम्पर्कमा आएकाहरु छन् । यसअघि नेपालगञ्जमै भेटिएका ६० वर्षीय जमातीको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा थप ९ जनामा संक्रमण भेटिएको हो ।
संक्रमितमध्ये ७ वर्षीया बालक पनि छन् । जुन नेपालमा संक्रमितमध्ये सबैभन्दा कम उमेरका हुन् । ६० वर्षीय जमाती पुगेको महेन्द्र पार्क नजिकै जोलहनपुर्वाको मस्जिद, मदरसाका विद्यार्थी समेत संक्रमित भएका हुन् ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar