मुग्लिन-नारायणगढ सडक अवरुद्ध ,जलबिरेमा पहिरो गयो।


•सुनिता सिंजाली
मुग्लिन । गएरातिदेखि निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ ।

मुग्लिन–नारायणगढ सडकअन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका छन ।

निरन्तर वर्षा भइरहेको कारण पहिरो हटाउने कार्य सुरु गर्न नसकिएको मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक कन्चन तामाङले बताए ।

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar