गृहमन्त्री ‘वादल’को कडा निर्देशन भारतिय राजनिती सिमा सुरक्षा पोष्टको सख्या ५ गुणा वढाउनु


काठमाडौं ।माननिय गृहमन्त्री रामवहादुर मगर ‘वादल’ले विश्वव्यपी फैलिएको कोरोना भाइसको संक्रमन जनतालाइ नपर्न भारतिय (नाका) राजनिती सिमा सुरक्षा पोष्टको सख्या ५०० (बिओपी)वढाउन सशस्त्र प्रहरी सुरक्षा निकायलाइ कडा निर्देशन दिनुभएको छ।गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको सिमा सुरक्षा पोष्ट (बिओपी)को संख्या पाँच सय पुराउने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा मगर‘बादल’ले दिएको निर्देशनअनुरुप सशस्त्र प्रहरी बलले सोसम्बन्धी खाका तयार पारी आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारीसमक्ष प्रस्तुत गरेको हो । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर ५ सय पुराउने सरकारको तयारी छ । नेपालतर्फको सिमानाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो ।  प्रस्तावअनुसार सो संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि  सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरको दुरीमा रहेको बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ । बिओपी थपसम्बन्धी गृहमन्त्रालयको छलफलमा गृहमन्त्री रामवहादुर थापा मगर ‘वादल’ले सिमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बिओेपी थपसम्बन्धी प्रस्ताव आफूले मन्त्रीपरिषदमा लैजाने बताउनुभयो । गृहमन्त्री थापाले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको भन्दै बिओेपी रहने स्थान, आवश्यक पूर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिनुभयो । शान्त,  समृद्ध र स्वाधीन नेपालका लागि सिमा व्यवस्थापन अनिवार्य शर्त रहेको बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।   तत्कालै वा चरणवद्धरुपमा ५ सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । गृहमन्त्रीले अहिले जटिल परिस्थितिमा सीमित, स्रोत र साधनका बाबजुद सिमामा कोरोना नियन्त्रणका लागि सुरक्षानिकायले  खेलेको भूमिका प्रशंसनीय रहेको टिप्पणी गर्नुभयो ।  गृहसचिव महेश्वर न्यौपानेले सिमाको विषय सम्वेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्सारको १११ ठाउँमा रहेको जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय तह र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । यसअघि सिमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’ले गृहमन्त्रालय सम्हालेपछि यसमा ठूलो संख्यामा थप गरी १२० पुराइएको छ । त्यस्तै बिओपी संख्या २२१ पुराउने गृहमन्त्रीको प्रस्ताव मन्त्रीपरिषद्ले यसअघि नै पारित गरिसकेको छ । यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको हो ।  गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिएसँगै अहिले ठूलो संख्यामा सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट बिस्तार गरिएको सशस्त्रले जनाएको छ ।  

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar