नेकपा केन्द्रिय सचिवालय बैठक आज दिउँसो ३ बजे बालुवाटारमा वस्दै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भोलि बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

शनिबार सम्पन्न सचिवालय बैठकका आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्समा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डा तय गरेका छन् । उनलाई एजेण्डा तयार गर्नका लागि महासचिव विष्णु पौडेलले सहयोग गरेका छन् ।

सरकार र पार्टीबीचको समन्वय, पार्टी एकताका बाँकी काम, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । पछिल्लो समय सरकार सञ्चालन र जिम्मेवारी लगायतका विषयमा नेकपामा विवाद छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar