नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालीङ्ग मगरात(वाग्मती)को विषेश परिपत्र सहित निर्देशन

नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालीङ्ग मगरात(वाग्मती)को विषेश परिपत्र सहित अपिल

काठमाण्डौं:बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (COVID-19) ले पारेको प्रभाव का बारेमा नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालीङ्ग मगरात(वाग्मती) समिति परिवार उपलब्ध पदाधिकारीहरुको भिडीयो कन्फेरेन्स बैठक प्रदेश समिती संघको अध्यक्ष राजकुमार थापा मगरको अध्यक्षतामा बसी तपशिल बमोजिमको निर्णयहरु गरेको छ यथासक्य-तुरुन्तै कार्यन्वयनका लागि हार्दिक अनुरोध सहित यस बिशेष परिपत्र जारी गरिएको छ ।
१) विश्वमा कोरोना भाईरसको प्रभाव द्रुत गतिमा बढ्दो भैरहेको कारण नेपालमा सरकारले जनताको सुरक्षाका लागि Lock Down (बन्दाबन्दि) लागु गरिरहेको अबस्थामा यसको पुर्ण पालना गर्दै नागरिकको सुरक्षाका लागि सरकारले चालेको यस कदममा आ-आफ्नो तह र तप्का देखि सहयोग गर्न सबैमा हार्दिक आवहान गर्दै सचेत हुदै सुरक्षित रुपमा घर भित्रै रहन हार्दिक अनुरोध गर्ने निर्णय भएको छ । अध्यक्ष: राजकुमार थापामगर रमुख्यसचिव सविन पुलामी मगर’साकार’ को हस्ताक्षर सहित निर्देशन दिदै बिशेष परिपत्र जारी गरेको छ।
नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालीङ्ग मगरात(वाग्मती) समितिको अध्यक्ष: राजकुमार थापामगर (संयोजक), मुख्यसचिव सविन पुलामी मगर’साकार’ (सदस्य-सचिव), कोषाध्यक्ष सिताराम थापा मगर(आर्थिक संयोजक) र नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालीङ्ग मगरात(वाग्मती) समिति परिवार पदाधिकारीहरु, सदस्यहरु र सल्ल्हाकारहरु, प्रदेशको भात्रिसस्थाको अध्यक्षहरु,नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालीङ्ग मगरात भित्र १३ जिल्ला समन्वय समितिका अध्यक्षहरु सबै सदस्य रहनेगरी नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालीङ्ग मगरात(वाग्मती) स्तरमा “कोरोना प्रभावित सहयोग समिति” गठन गर्ने निर्णय गरिएको छ।
नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालीङ्ग मगरात(वाग्मती) समिति परिवार कोषमा तुरुन्तै सघको पदाधिकारीहरु, सदस्यहरु र पदेन सदस्यहरु सबैले कम्तिमा पाच/पाच सय रुपैया जम्मा तुरुन्तै खाता नम्बर 175000255501जम्मा गर्ने निर्णय गरिएको छ । साथै सहयोग गर्नुहुने सबैलाइ अनुरोध गरेको छ।

नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३ नेवा:ताम्सालीङ्ग मगरात(वाग्मती) समिति अध्यक्ष: राजकुमार थापामगर र मुख्यसचिव सविन पुलामी मगर’साकार’ को हस्ताक्षर सहित विषेश परिपत्र यस्तो छ।
नेपाल मगर संघ प्रदेश समिती प्र.नं.३  नेवा:ताम्सालीङ्ग मगरात(वाग्मती)को विषेश परिपत्र सहित निर्देशन

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar