पर्सा । नेपालमा कोरोना संक्रमित थप १७ जना भेटिए सँगै संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् ।
२ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!