संस्कृत पठनपाठन गराए संबिधानको बर्खिलाप हुने ,रोक्न सरकारसँग नेपाल मगर संघको अनुरोध

नेपाल मगर सघ केन्द्रिय समिती नबिन रोकामगर (अध्यक्ष), ज्ञानेन्द्र पुनमगर (महासचिव)

काठमाण्डौ: नेपाल मगर संघ केन्दिय समितीले संस्कृत भाषा पठन पाठन गरे संबिधानको बर्खिलाप हुने नेपालमा बोलिने १२३ भाषाहरुको समान बिकास र संरक्षण गर्नुपर्ने नेपाल सरकारलाइ आग्रह गरेको छ।
नेपाल मगर संघ केन्दिय समितीको प्रेस बिज्ञप्ति भनिएको छ नेपालको सबिधानले आत्मसात गरेको बहुभाषिक र बहुसास्कृतिक देश नेपालमा कुनै एकल भाषाको बिकासलाई मात्र पक्षपोषण हुने गरि आएको निर्णय निन्दनिय घोर विरोध गरेको छ।
साथै प्रेस बिज्ञप्तिमा संस्कृत भाषा जस्तै नेपालको अरु राष्ट्रभाषा (मातृभाषा) हरुको पनि अबिलम्ब पाठ्यक्रम बनाई लागु गर्नुहुन नेपाल सरकारसग जोडदार माग गर्नुभएको छ।
नेपाल सरकारलाइ धम्की पुर्ण भाषा भनिएको छ नेपालमा बोलिने १२३ भाषालाई बेवास्ता गर्ने काम नेपाल मगर सघ लाई स्वीकार्य हुन् सक्दैन भनिएको छ।
नेपाल मगर संघ केन्दिय समितीको प्रेस बिज्ञप्ति यस्तो छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar