अब जनतालाइ राहात होइन, काम दिनुपर्छ:नेकपा सिन्धुली अध्यक्ष: राजन दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुलीका अध्यक्ष राजन दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुलीका अध्यक्ष राजन दाहाल पछिल्लो समय कोरोना भाइरसको महामारीबाट बच्नका लागि गाउँगाउँ फर्किएकाहरुको उद्दारमा निकै सक्रिय देखिए । बागमती प्रदेशका सदस्य समेत रहेका दाहाल लकडाउनका बेला बिचल्लीमा परेकाको उद्दारका क्रममै लडेर हात समेत भाँचिए । यो परिस्थितिमा सांसदहरु खुलेरै जनसेवामा विरलै देखिए । तर, सांसद दाहाल भने अहोरात्र खटिएको भेटिए । हक्की स्वभावका सांसद दाहाल सबै पक्षलाई समान रुपमा सहयोग गर्छन् । उनै सांसद दाहालसँग हाम्रा नागरिकखबर डटकम सहकर्मी दिपेश थापाले यो महामारीका बेला अब के गर्ने ? भनेर सोधेका छन् । प्रस्तुत छ उनको भनाइ

कोरोना भाइरसविरुद्ध हामीले अपनाउनुपर्ने सबै सचेतनाहरु सबै उपायहरु स्थानीय तह र जनताको एकीकृत पहलबाट अपनाइएको छ । त्यहीँ परिणाम स्वरुप हाम्रो सिन्धुली जिल्लामा कोरोना प्रवेश गर्न पाएको छैन । यो मानेमा हामी गर्व गर्दछौ ।

अहिले बाहिरबाट आउने विशेष गरेर मुस्लिम समुदायमा हाम्रो जिल्ला नजिकैको ब्यापारिक नाका बीरगन्ज एरियामा कोरोना देखिएको सन्दर्भमा हामी झनै चनाखो भएर आगामी दिनमा पनि हामी उच्च सतर्कताका साथ काम गर्नेछौं । सिन्धुलीमा अहिलेसम्म कोरोना नदेखिएको सन्दर्भमा बाहिरबाट आउने मानिसहरुमा सतर्कता अपनाउनुपर्ने खाँचो छ ।

नेपालकै आँकडा हेर्दा पनि बिदेशबाट आएकामा कोरोना रोग देखिएको छ । सरकारले बिदेशबाट आउन रोक लगाएको छ । यस्तोमा आउनैपर्ने, ल्याउनै पर्ने भए पनि आइसोलेसन, क्वारेन्टाइनको ब्यबस्था गर्ने र दे भित्र जहाँ–जहाँ समस्या छैनन, त्यहाँ लाइफलाइन अब बिस्तारै चलाउन पर्छ ।

लकडाउन भएको करिव दुई महिना हुन लाग्यो । यसरी हामी सधैँ बसिरहन सकिँदैन । त्यसकारण विकास निर्माणका कामहरु समग्रमा जनताहरुलाई राहतमा होइन, उत्पादन र रोजगारी जोडनुपर्छ । अब राहत बाड्नेभन्दा पनि बिकास निर्माणमार्फत उत्पादन रोजगारी जोड्नुपर्यो । हामीले कृषि सम्बन्धि कामहरु बढीभन्दा बढी गरेर किसानलाई मल बिउबिजनहरु, प्राबिधिक सहयोगहरु दिने गर्नुपर्छ । यसो गर्दा उत्पादन बढ्ने गर्छ ।

अहिले जो गरिब छन, तीनलाई राहतभन्दा पनि काम दिनुपर्छ । तर अशक्त अपांग र वृद्धबृावस्थाका नागरिकलाई राहत दिने गर्नुपर्छ । काम गर्न सक्नेले त काम गर्नुपर्छ । हामीले काम गर्नसक्ने वातावरण बनाउनुपर्छ ।

मैले स्थानीय तहका प्रमुखहरुलाई पनि भनेको छु । ठाउँ पहिचान गरेर काममा लगाउने काम गरे बापत उहाँहरुलाई पारिश्रमिक दिने गर्नुपर्छ । कामको ज्याला दिने कामको मूल्य दिने त्यसो गरियो भने कमसेकम तत्कालीन समस्या छ, त्यो धेरै हदसम्म चुल्हो नै नबल्ने समस्या हल गर्न सकिन्छ । हुन त चुल्हो नै नबल्ने हदसम्मको समस्या हाम्रो जिल्लाको नौ वटा नै तहमा जनस्तरमा अहिले देखिएको छैन । जिल्लामा खानै नपाएको र खाना नपाएर माग्दै हिड्नु परेको अबस्था छैन । जनता भोकै पनि नमरुन, मैले भन्ने गरेको छु पेटका भोकाले राहत पाउन ।

मनका भोका धेरै छन । पेटका भोका कम छन । जनताको पेट भोको नहुने गरेर अहिले स्थानीय सरकारहरुले काम गर्नुपर्ने जरुरी छ । 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar