विश्वमा कोरोना भाइरसवाट मृत्यु हुनेको सख्या २,८७,३३२ पुग्यो:


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार ३ सय ३२ पुगेको छ । संक्रमितको संख्या ४२ लाख ५५ हजार ९ सय ४० पुगेको छ । १५ लाख २७ हजार ४ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने ४६ हजार ९ सय ३६ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८१ हजार ७ सय ९५ जनाको ज्यान गएको छ । त्यस्तै स्पेनमा २६ हजार ७ सय ४४, बेलायतमा ३२ हजार ६५, इटलीमा ३० हजार ७ सय ३९, फ्रान्समा २६ हजार ६ सय ४३ र ब्राजिलमा ११ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar