प्रधानमन्त्रीको निर्देशन मन्त्रीहरुलाइ -सिमावारे जथाभावी नवोल्नुहोस्


प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभाबी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

मन्त्रिपरिषद बैठकपछि एक मन्त्रीले सेतोपाटीलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएको बताएका हुन्।
सीमा समस्या हल गर्न सरकारले पहल गरिरहेको पनि प्रधानमन्त्रीको भनाइ थियो।

पछिल्लो समय भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जोड्ने सडकको उद्घाटन गरेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। संसदका विभिन्न समितिहरूले यसबारेमा जवाफ दिन परराष्ट्र र भूमि सुधार मन्त्रीहरूलाई बोलाइरहेका छन्। 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar