लकडाउन उल्लंघन गर्ने ज्ञानेन्द्र शाही थापाथलीवाट पक्राउ


लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन्।मंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका डिएसपी सुधिर शाहीले जानकारी दिए।भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही प्रदर्शन गर्न निस्केका थिए। उनलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा राखेको छ।

त्यस्तै मंगलबार मात्रै सीमाको विषयलाई लिएर काठमाडौंका विभिन्न स्थानमा विरोध गर्न निस्केका ६५ जनालाई नियन्त्रणमा लिएको छ। भारतीय

राजदूतावास अगाडिबाट पनि कृष्ण पडाडी लगायत २२ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको थियो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar