बजेटको प्राथमिकता र सिद्धान्तले भरोसा जगाउन सकेन: गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले कोरोनाविरुद्ध लड्न र यसको असर न्यून गर्न सरकारले लिएकाे सिद्धान्त अपुराे भएकाे बताएका छन्।
प्रतिनिधि सभामा आगामी बजेटको प्राथमिकता र सिद्धान्तबारेको छलफलमा नेता थापाले अर्थमन्त्रीका पछिल्ला सार्वजनिक अभिव्यक्तिले मानिसलाई निराशा बनाएको टिप्पणी गरे।

प्राथमिकता र सिद्धान्तले कोरोनाको असरलाई न्यून गर्नका लागि भरोसा जगाउन नसकेको उनले टिप्पणी गरे।
उनले भने ‘हामीले हिजो के गरेनौं जुन यो पटक गर्न जाँदैछौँ, कुनको क्रमभंग गर्दैछौं, कहाँ नवीनता ल्याउँदैछौँ, कुन कुन कार्यक्रमलाई कुन सिद्धान्तमा टेकेर निरन्तरता दिँदैछौँ? यसबारे केही पनि चर्चा गरिएन।’

खर्च घटाउनका लागि अहिले मौका आए पनि सरकार चुकेको उनले बताए। ‘सार्वजनिक खर्च पुनरावलोकन आयोगका सिफारिस कार्यान्वयन गरेर देखाइदिन्छु, फजुल खर्च कटौती गरेर देखाइदिन्छु भन्ने साहस पाएको बेला पनि सरकारले भन्ने आँट गर्न सकेन’ थापाले भने।

स्वास्थ्यमा ठूलो फड्को मार्न सकिनेगरी तयार पारिएको डकुमेन्ट थन्किएर बसेको भन्दै उनले यसबारे अर्थमन्त्रालयले चासो नदिएको टिप्पणी गरे।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar