नेपालमा थप २ जना महिलामा कोरोना पुष्टि,कोरोना संक्रमितको संख्या २१९ पुग्यो


नेपालमा थप २ जना महिलामा कोरोना पुष्टी भएको छ।कोरोना संक्रमितको कुल संख्या २१९ पुगेको छ।

धनुषा जिल्ला मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । धनुषामा थप दुई जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।
कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढेसँगै सरकारले पुनः लकडाउन कडा पार्न निर्देशन दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना जोखिम कायम रहेकाले लकडाउन कडा पार्न निर्देशन दिएका थिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar