माननिय गृहमन्त्री रामवहादुर थापा मगर ‘वादल’को निर्देशन पछी सशस्त्र प्रहरी बलको टोली लिपुलेक सुरक्षा छाङरुमा बिओपी राख्न एमआइ-१७ हेलिक्टर लिएर जादै


काठमाण्डौं: माननिय गृहमन्त्री रामबहादुर थापा मगर ‘वादल’ निर्देशन पछी सशस्त्र प्रहरी बलको टोली लिपुलेक सुरक्षाः छाङरुमा बिओपी राख्न टोली त्यसतर्फ नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर लिर प्रस्थान गर्नुभएको छ।
दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट त्यसतर्फ जाँदै गरेको टोली।

लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ।

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली त्यसतर्फ गएको हो।
भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइँदै छ।

आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर त्यहाँ टोली पुर्‍याउनेछ।केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो।

सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो।
सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज त्यसतर्फ गएको छ।

सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन।
मंसिरमा ११४ वटा बीओपी स्थापना गर्न सरकारले निर्णय गर्नुअघि सशस्त्र प्रहरीको एक सय ७ वटा बीओपी थियो । त्यसपछि १ वैशाखमा माननिय गृहमन्त्री रामबहादुर थापामगर ‘बादल’ ले भारत र चीनको सीमा क्षेत्रमा गरेर ५ सय वटा बीओपी राख्ने गरी तयारी थाल्न सशस्त्र प्रहरीलाई कडा निर्देशन दिनुभएको थियो।
तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो। मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो।

त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar