७ वर्षिय वालिका सहित ६ जना संक्रमीत सख्या २ सय ४९ पुग्यो


काठमाडौंका संक्रमित ७ वर्षीय बालक बाराबाट आएका थिए ,७ वर्षीय बालकसहित ६ जना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमित संख्या २ सय ४९ पुगेको छ।बिहीबार कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रागिरि नगरपालिका, दहचोकका ७ वर्षीय बालक गत वैशाख ६ गते बाराबाट आएको खुलेको छ।
संक्रमित बालक आफ्नो मामाघर बाराबाट आफ्नी आमासँगै आएको चन्द्रगिरि नगरपालिका-१ का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए।
‘संक्रमित बालककी आमाले आफू र छोरा चैत ६ गते बारा माइती गएको र वैशाख ६ गते काठमाडौं फर्किएको भन्नुभएको छ,’ उनले भने।
अहिले संक्रमित बालकलाई अस्पताल लैजाने तयारी भइरहेको छ। स्थानीयको सहयोगमा बाहिरबाट आएको भनेपछि उनीहरू स्वाब परीक्षण गराउन पुगेका थिए। आमा र छोराको कोरोना परीक्षण गरिएकोमा छोराको रिपोर्ट पोजेटिभ आएको हो।
बालकका परिवारमा उनीसहित बुवा र आमा छन्। उनीहरूको स्थायी घर दोलखा रहेको बताइएको छ।

वडाध्यक्ष केसीका अनुसार संक्रमित बालकका आमाबुवा सामान्य खेती-किसानी गर्छन्। संक्रमित बालकको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भोलिबाट सुरू गरिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar