विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६ हजार १ सय ७५ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६ हजार १ सय ७५ पुगेको छ । संक्रमितको संख्या बढेर ४५ लाख ८७ हजार १ सय ९ पुगेको छ । संक्रमितमध्ये १७ लाख ३५ हजार ६ सय १७ जना उपचारपछि घर फर्किएका छन् । ४५ हजार १ सय ७९ जनाको अवस्था गम्भीर छ ।

आज अहिलेसम्म अमेरिकामा ७ सय ९४, स्पेनमा १३८, रसियामा ११३, बेलायतमा ३८४, इटलीमा २४२, ब्राजिलमा २७४, जर्मनीमा ५, टर्कीमा ४८, इरानमा ४८ र भारतमा १ सय ४ जनाको मृत्यु भएको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar