सभापती घर्तिमगरले र्‍यापिडटेस्ट किट दुइहजार थान विभिन्न सेटसहितको स्वास्थ्य सामाग्री गृहजिल्ला पठाइन


शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती मगरज्युले रोल्पामा कोरोना भाइरस (कोभिड -१९) उपचार,रोकथाम र नियन्त्रणमा प्रयोग गरिने स्वास्थ्य सामाग्रीहरु गृह जिल्ला पठाउनु भएको छ।जसमा र्‍यापिडटेस्ट किट २००० थान सर्जिकल माक्स २००० थान,एन ९५, माक्स २००थान, पिपिइ (PPE)सेट ७५ जोर,पन्जा ७५० जोर सेनिटाइजर (५०० एमएल)१५ बोटल सेनिटाइजर लिटर ३० लिट ,आइ.आर थर्मोमिटर १० थान सेटसहितका स्वास्थ्य सामाग्री गृह जिल्ला रोल्पा पठाएकी छन् ।

सभापति घर्तीले आज स्वास्थ्य सामाग्री रोल्पा पठाएकी हुन् । पछिल्लो समय रोल्पामा स्वास्थ्य सामाग्री अभाव भएको गुनासो आइरहेका बेला सभापति घर्ती मगरले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर स्वास्थ्य समाग्री गृहजिल्ला पठाएकी हुन् ।

शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती ज्यु ले रोल्पामा कोरोना भाइरस (कोभिड -१९) उपचार,रोकथाम र नियन्त्रणमा प्रयोग गरिने स्वास्थ्य सामाग्रीहरु पठाएकी हुन्।  यसअघि पनि विभागसँग समन्वय गरेर स्वास्थ्य सामाग्री रोल्पा पठाएकी थिईन् ।  सभापति घर्तीले भनिन्,‘ अहिले रोल्पामा ठूलो संख्यामा मानिसहरु क्वारेन्टाइनमा बसेका छन् र परीक्षणका लागि आरडीटी किट लगायत अन्य सामाग्रीको अभाव भएकाले पठाईएको छ ।

स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला अस्पताल र स्थानीय निकायमा जाने छ । सभापति घर्तीले रोल्पाका प्रमुख जिल्ला अधिकारीलाई उपयुक्त ढंगले स्वास्थ्य सामाग्री वितरण गर्न र थप आवश्यक परे जानकारी गराउन भनेकी छन् ।
शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती मगरज्युले रोल्पामा कोरोना भाइरस (कोभिड -१९) उपचार,रोकथाम र नियन्त्रणमा प्रयोग गरिने स्वास्थ्य सामाग्रीहरु पठाएकोको फोटो फिचर


WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar