लिपुलेक,लिम्पियाधुरा र कालापानीबारे भारतिय सेना प्रमुखको अभिव्यक्ति खण्डन गर्न सरकारलाइ निर्देशन


काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूमिबारे त्यहाँका सेना प्रमुखले दिएको अभिव्यक्तिलाई कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुन्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कूटनीतिक तहबाट खण्डन गर्न निर्देशन दिएको हो ।
बैठकका निर्णयमध्ये आठ नम्बर निर्णयमा समितिले सरकारलाई यस्तो निर्देशन दिएको उल्लेख छ । 

दुई दिनअघि मात्रै भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले लिपुकेलकको मुद्दा अरु कसैको इशारामा उचालेको अभिव्यक्ति दिएका थिए ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar