काठमाडौंको माछापोखरी क्षेत्रमा १५ जनामा आरडिटी पोजेटिभ देखियो


काठमाडौं: काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा कोरोना परीक्षणलाई तिव्र पारिएको छ । आइतबार सो क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको छ । बसर्पाक क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सो आसपास क्षेत्रमा परीक्षणलाई तीब्र पारिएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ र १६ अन्तर्गत पर्ने सो क्षेत्रका तरकारी पसले, ट्राफिक प्रहरी र बाहिरबाट आएकाहरुको कोरोना परीक्षण गरिएको हो । परीक्षणपछि १५ जनामा आरडिटी पोजेटिभ आएको कामनपा १६ का वडाध्यक्ष मुकुन्द रिजालबाट जानकारी दिए । आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षणका लागि पठाइएको उनले बताए । पीसीआर नतिजा आएपछि मात्रै उनीहरुको कोरोना संक्रमण भए–नभएको आधिकारिक पुष्टि हुने जनाइएको छ । 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar