भारतबाट फर्किएका सुरखेत जादा दैलेखको ट जना कोरोना, पुन: परिक्षण गर्न स्वाब नेपालगञ्जमा


जेठ १ गते भारतबाट फर्किएका दैलेखको आठबीसकोट नगरपालिकाका एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

सुर्खेतस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३५ वर्षीय ती व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर डम्बर खड्काले जानकारी दिए।

‘यहाँ पिसिआर गर्दा पोजेटिभ देखिएको छ,’ खड्काले भने, ‘तैपनि नेपालगञ्जमा कन्फर्म गर्दा अझ ढुक्क भएर भन्न मिल्छ, भोलिसम्म रिपोर्ट आउँछ।’

नेपालगञ्जको प्रयोगशालाबाट पनि पोजेटिभ रिपोर्ट आएमात्र कोरोना पुष्टि हुने डाक्टर खड्काले बताए ।कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमण देखिएको छैन। कोरोनाभाइरसको संक्रमण फैलिन नदिने भन्दै प्रदेश सरकारले केही दिनदेखि प्रदेश नै सिल गरेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar