नेपालगञ्ज वाकेमा थप ४७ जना कोरोना संक्रमन


नेपालगञ्ज। बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या आज एकैदिन ४७ थपिएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको ल्याबले थप ४७ जनामा कोरोना भाइरसको संक्रमण रहेको जनाएको छ ।

संक्रमितको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको केहीबेरमा हुने नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइने ल्याब स्रोतले जनाएको छ ।

ल्याब स्रोतले १९० जनाको पिसिआर परीक्षण गर्दा ४७ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ । संक्रमितहरु धेरैजसो बाँकेको नरैनापुर क्षेत्रका रहेका छन् । हिजो त्यहाँ एक युवकको कोरोनाबाट मृत्यु भएको थियो । 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar