नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोना फैलियो,३५७ जना संक्रमित


नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका संक्रमित थपिएका हुन्।

उनीहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका मन्त्रालय जानकारी दिएको छ।

उनीहरूको स्थायी ठेगाना र हालको ठेगाना अनुसारको कन्ट्याक्ट ट्रसिङ गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

आज बाँकेमा मात्र ४७ जनामा कोरोनाभाइरसको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ।तराईका सुनसरीबाहेक सबै जिल्लामा कोरोनाभाइरसका संक्रमण देखिएको छ। पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, बाग्लुङ र गुल्मीमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन्। कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने  ३६ जना निको भएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar