मन्त्रिपरिषद्को बैठकद्वारा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा पारित

प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद बैठक

सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए।आजैको बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन्।

बैठकमा उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा आज पारित भएको छ।’  

मन्त्री अर्यालले यसअघि नै नक्सा तयार भइसकेको बताउँदै आएकी थिइन्।नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ।

गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक,लिम्पियाधुरा,कालापानी लगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता गरेको थियो। 

यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो। नेपाल सरकारले भारतको उक्त कदम खेदजनक भएको बताएको थियो र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो। भारतीय सेना प्रमुखले भने नेपाल सरकारले अरू कसैको निर्देशनमा चलेको टिप्पणी गरेको थियो।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar