भारतबाट आएका कपिलवस्तुका थप ४ जनामा कोरोना,नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुग्यो


मंगलबार कपिलवस्तुमा ४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। 
मायादेवी गाउँपालिकाका उनीहरू भारतबाट आएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।भारतबाट आएपछि उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो। संक्रमित चारै जना पुरुष रहेका छन्।
उनीहरूलाई बुटवल वा दाङको अस्पतालमा लैजाने तयारी गरिएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ। सोमबार मात्र एकैदिन ८० जनामा संक्रमण देखिएको थियो।

नेपालमा अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar