जुन देशले लोकतन्त्र, लोकतन्त्र भन्छन् तर गरिबको कुनै घर हुँदैन भने त्यस्ता देशले सरम गर्नुपर्ने हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले चल्तेचलाते लोकतन्त्र नभई जनताको लोकतन्त्र खोजेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले केही राजनीतिक स्वतन्त्रतासहित सीमित अधिकारको सतही लोकतन्त्र नभई आफूहरूले पिँधमा रहेका जनताको जीवन उकास्ने लोकतन्त्र खोजेको बताए।

‘हाम्रा सडक बालबालिका फोहोरमा कुकुरसँगै लड्दै खानेकुरा खोजिरहेका छन्। हाम्रा वृद्धवृद्धाको सहारा छैन भने त्यस्तो लोकतन्त्रको के काम?,’ प्रधानमन्त्री ओलीले भने,‘त्यसैले यो सरकार बनेको दुई वर्षमै सडक बालबालिकामुक्त बनाएको छ।’

उनले पूर्वअमेरिकी राष्ट्रपति अब्राहम लिकंनको प्रजातन्त्रको परिभाषा कोट गर्दै आफूहरूले पनि त्यस्तै जनताका लागि जनताको परिपूर्ण लोकतन्त्र ल्याउन खोजेको बताए।

जुन देशले लोकतन्त्र, लोकतन्त्र भन्छन् तर गरिबको कुनै घर हुँदैन भने त्यस्ता देशले सरम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले कोरोनाभाइरसको महामारीले राज्यको महत्व थप बढाएको पनि बताए।‘जनताको शासक होइन सेवक राज्य हुनुपर्छ भनिएको हो। यसमा नबुझिने कुरा के छ र!,’ प्रधानमन्त्री ओलीले भने,‘जिडिपी र पर क्यापिटल इनकमका आधारमा होइन ह्यापिनेसका आधारमा लोकतन्त्रको मापन हुनुपर्छ।’

 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar