पहिलोपटक रामेछापमा १जना कोरोना,संक्रमित थपियो २७, पुग्यो ४०२ जना


काठमाडौं । विभिन्न जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमण देखिएको जिल्ला ३६ पुगेको छ ।

नेपालमा अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar