बेपत्ता स्मृति दिवस:बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता:अध्यक्ष ‘प्रचण्ड’

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता स्मृति दिवसको अवसरमा आज विज्ञप्ति निकालेर क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महान् बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो । यस सन्दर्भमा हाम्रो पार्टी बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता दोहोर्याउँछ।’

जनयुद्ध र ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता भएका सम्पूर्ण योद्धाहरुको स्मृति दिवसका सन्दर्भमा प्रचण्डले उनीहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाहरुको संघर्षका कारण नै आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा रहेको प्रचण्डको भनाइ छ ।

उनी भन्छन्, ‘बेपत्ता योद्धाका योगदानको बेपत्ता परिवारको अभिभावकत्व र तिनका सन्नतिहरुको शिक्षादीक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ता योद्धाहरुप्रति फेरि एकपटक उच्च सम्मान व्यक्त गर्दछ ।’ 

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar