नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित संख्या ४ सय ४४


नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । बिहिबार कोरोना भाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भए संगै मृत्यु हुनेको संख्या ३ पुगेको हो ।

प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो। गुल्मी मदाने गाउँपालिका-६ का ती पुरुषको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार बिहान मृत्युवरण गरेका संक्रमित जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए । सुरूमा आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि अस्पतालकै भेन्टिलेटरमा राखिएको थियो ।

नेपालमा कोरोना संक्रमित संख्या ४ सय ४४ पुगेको छ।

झापा, सुनसरी र धनकुटाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।संक्रमित १७ मध्ये १५ जना झापा कचनाकवल गाउँपालिकाका भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरू कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा फेला परेका हुन्। संक्रमित सबै पुरुष हुन भने उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूह हुन् ।यस्तै अन्य दुई संक्रमितमा एक महिला र पुरुष रहेका छन्।संक्रमित पुरूषमा धनकुटा निवासी हुन्। उनको उमेर ३४ वर्ष रहेको छ भने संक्रमित महिला सुनसरीको धरान उपमहानगरपालिकाकी हुन्।

उनको उमेर ५१ वर्ष रहेको मन्त्रालयले जनाएको छ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो।
मन्त्रालयले उनीहरु सबैको स्वास्थ्य हाल सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar