थप ३० जना संक्रमित,देशभर कोरोना संक्रमित संख्या ४ सय ५७ , ३जना मृत्यु,४९ जना उपचार भइ घर फर्कियो


बिहीबार देशभरमा ३० जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३० जनामध्ये झापाका मात्र २३ जना छन्। उनीहरू सबै भारतबाट आएका झापा, कचनकवल गाउँपालिकाका वासिन्दा हुन्।

यस्तै अन्य संक्रमितहरूमा बाँकेका २, कपिलवस्तुका २ र सुनसरी, धनकुटा, दाङका एक-एक जना छन्।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

योसँगै देशभर कोरोना संक्रमित संख्या ४ सय ५७ पुगेको छ।

बिहीबारै गुल्मी घर भएका ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै देशभरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ। 

४९ जना संक्रमित निको भइसकेका छन्।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar