नेपालमा थप २० जना कोरोना संक्रमित,संक्रमित संख्या ५ सय ७ पुग्यो


नेपालमा थप २० जना कोरोना संक्रमित थपिएका छन्।हालसम्म संक्रमित संख्या ५ सय ७ पुगेको छ।सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडी र कैलालीका एक-एक जना पुरूष  र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।
विहान नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको थियो ।

शुक्रबार बिहान मात्रै ३० जना संक्रमित थपिएका थिए। थपिएकामा कपिलवस्तुमा ९, सर्लाहीमा १५, चितवनमा २, नवलपरासीमा ३ र नवपरासी पूर्वका १ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो। त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिका कोरोना संक्रमण भएका छन् । नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

WP Tumblr Auto Publish Powered By : XYZScripts.com
Skip to toolbar